Monday, March 2, 2015

माझी समुदायको लदिपुजा, पहुँच र पहिचान ः माझी जागरण केन्द्र

आदिनकालदेखि खोला, नदी, कोशीको किनारामा बसोवास गर्ने माझी समुदायको महान पर्वको रुपमा मनाउँदै आएको लदिपुजा यस बर्ष पनि सदा झै भब्यताका साथ गाउँ, गाउँमा मनाईरहेका छन् । माझी समुदायको लदिपुजाको वेग्लै महत्व र सान्र्दभिकता रहेको पाइन्छ । नेपालको ६८ वटा जिल्लाका विभिन्न खोलानालाको किनारामा बसोवास गर्दै आएका माझी समुदाय आदिवासी जनजाति भित्रको अतिसिमान्तकृत समुहमा पर्ने जाति हो । यस जातिको आफ्नै भाषा, संस्कार, संस्कृति, धर्म र परम्पराहरुको साथमा बेग्लै पहिचान बोकेको छ । २०६८ सालको जनगणना अनुसार ८३७२७ मध्ये पुरुष ४०७२२ र महिला ४३००५ रहेका छन् । जसमा २४४२२ जनाले मातृभाषा बोल्दछन् ।
अहिले जताततै पहिचानको कुरा उठि रहेको बेला माझी समुदायको पहिचान संकटमा परेको छ ।  माझी जातिको भाषा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, भेषभुषा, पेशा लगायत सबै लोप हुने स्थितिमा छ । यसै सन्दर्भमा माझी समुदायको चिनारीको रुपमा रहेको तथा आदिनकालदेखि बर्षेनीे महान पर्वको रुपमा गर्दै आएका लदिपुजा समेत संकटमा परेको छ । माझी समुदायको पहुँच नभएर नै होला लगभग एक लाखको हाराहारीमा रहेका माझी समुदायको महान पर्व लदिपुजा समेत ओझेलमा परेको छ । माझी समुदायले तीन दिन मनाउने लदिपुजालाई सरकारले समेत वेवास्ता गरेको छ । अन्य आदिवासी जनजातिको चाडहरुमा सरकारले सार्वजनिक विदा दिने परम्परा गरेतापनि माझी समुदायको पर्व लदिपुजालाई अहिले सम्म पनि पालो पाएको छैन । सवै जातिको चाडलाई राष्ट्रिय चाडको रुपमा सरकारले हेरे पनि माझीको चाडको सुइको समेत पाउन सकेको छैन सरकारलाई ।
माझी समुदायले प्राय फागुनको तेश्रो मंगलबार शुरु गर्ने लदिपुजा यसपाली पनि तेश्रो मंगलबार अर्थात आज १९ गते माझी बस्तीहरुमा धुमधामले मनाउन शुरु भएको छ तरपनि न त कुनै संचार माध्यममा माझीको लदिपुजाले प्राथमिकता पायो न त  सरकारले नै हे¥यो । पहिचानको कुरा उठि रहँदा माझी समुदायको पहिचानको रुपमा रहेको लदिपुजा संकटमा परेको छ । स्थानीय माझीहरु भन्छ माझी जातिको चाड लदिपुजालाई विस्तार र प्रचार प्रसार गरे विदेशी पर्यटक समेत तान्न सक्ने बताउँछन् माझी जागरण केन्द्रका सचिव पूर्णबहादुर माझी । आज विशेष गरि, रामेछापको तामाकोशी, सुनकोशीको किनारामा आज भब्यताका साथ रमाईलो गरी मनाउँदै माझी समुदायले लदिपुजा । त्यस्तै गरी सिन्धुलीको मरिणखोला, झापाको माईखोला, सुनसरीको कोशी, काभ्रे, सिन्धुपाल्चोकको इन्द्रावतिका किनारहरुमा आज यो पर्वको उल्लेख्य देख्न सकिन्छ ।
आफ्नै छुट्टै विधि, विधान तहः गरिने यो लदिपुजालाई एकताको पुजाको रुपमा समेत लिने गरेको पाईन्छ । विशेष गरि यो पुजामा माझी जातिले मात्र मान्ने गरेता पनि यो बर्ष भने फरक तरिकाले मानेका छन् । जसमा माझी मात्र नभई त्यस समुदाय सँग बस्ने अन्य जातजातिले समेत यो पर्वलाई मान्न थालेको उदाहरण रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १६ गाईखुरामा पुरी, नेवार, लगायतले समेत पुजामा सहभागी भएका छन् । अहिलेका युवापुस्ता समेतले रुचि राखेको यस लदिपुजालाई सरकारले वेवास्ता गरेकोमा दुःखी भएको गुनासो पोख्छन माझी जागरण केन्द्रका अध्यक्ष कर्णबहादुर माझी । माझी भन्छन “माझी जाति चाँही यो देशको जनता नभएको जस्तो ब्यवहार देखायो यो सरकारले” । माझीका अनुसार माझी समुदायको सम्बन्धित निकायमा पहुँच नपुगेको र सरकारले माझी समुदायको कुरालाई वेवास्ता गरेको गुनासो गर्दै निर्वतमान प्रधानमन्त्री बाबुराम भट्टराई लगायत संस्कृति मन्त्रालय, गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको सम्झन्छन् । भन्छन् माझी समुदाय पनि यो देशको सच्चा, सोझो र इमान्दार जनता हुन् यीनको पहिचानको रक्षाका लागि सरकारले यथासक्य काम थालोस् । यही अवसरमा सम्पूर्णमा शान्ति, समृद्धि र सुशान्तिको साथै नयाँ संविधान सवैको अपनत्व महसुस हुने संविधान आओस् । सवै नेताहरुमा सद्बुद्धि पलाओस् भन्ने शुभकामना व्यक्त गरे ।

Monday, June 16, 2014

अमृत माझि ८७.३७% ल्याएर जिल्ला प्रथम !!


रामेछाप का ४३११ जना परीक्षार्थी सम्मिलित भएकोमा ८५२ जना उतीर्ण भएका छन् । यस् बर्ष लिट्टिल स्टार बोर्डिङ स्कुलका अमृत माझि ८७.३७% ल्याएर जिल्ला प्रथम हुन सफल भएका छन / जिल्ला प्रथम हुन सफल हुनु भयकोमा माझि जागरन केन्द्रको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । यो वर्ष पनि संस्थागत विद्यालयको नतिजा सामुदायिक विद्यालयको भन्दा राम्रो आएको छ । ६९ जनामा सहभागी भएकामध्ये विशिष्ट श्रेणीमा १८ जना ४४ जना प्रथम श्रेणीमा ४ जना द्वितिय श्रेणीमा उतीर्ण भएका छन्। यो प्रतिशतमा ९५.६५ रहेको छयसैगरी सामुदायिक तर्फ ४२४२ जनामा ६ जना विशिष्ट श्रेणीमा २३५ जना प्रथम श्रेणीमा ५२४ जना द्वितिय श्रेणीमा २१  जना तृतिय श्रेणीमा उतीर्ण भएका छन् । यो प्रतिशतका आधारमा १८.५२ मात्र हुन आउछ ।तामाकोशी बोर्डिङ स्कुलका दिनेश प्रधान ८६.८७ %ल्याइ दोश्रो र मन्थली उमाबी का बाल कृष्ण घिमिरे ८६.७५% ल्याइ भएका छन ।

Thursday, November 7, 2013

सिन्धुली छेत्र नंबर ३ बाट माझी समुदायकैएक मात्र उमेदवार श्रीमती रीता माझी लाई गाई चिन्ह मा मतदान गरि भारी मतले बिजयी गराउ

आगामी मंसिर ४ मा हुने संबिधान सभा निर्बाचनमा  सिन्धुली छेत्र नंबर ३ बाट माझी  समुदायकै
एक मात्र  उमेदवार श्रीमती रीता माझी लाई गाई चिन्ह मा मतदान गरि  भारी मतले बिजयी गराउ

माझी जागरण केन्द्र

Thursday, June 27, 2013

माझी भाषा जान्नको लागि यहाँ थिच्नुहोस् ः माझी जागरण केन्द्र

काकी ना.काकि ।
काख ना.कोला ।
काखको बालो ना.कोलार नानि ।
काकी ना.काकेक् ।
काकी ना.काकेर् ।
काग ना.कावा ।
कागतिहार ना.कावात्याहार् ।
कागुनु ना.कउ‘नि ।
काटिनु क.क्रि.काट्टेइ ।
काट्नु स.क्रि.काटइ ।
काट्ने बि.काट्नार् ।
काट्ने भा“डो ना.काट्नार् भा“डा ।
काढ्नु स.क्रि.काढइ ।
कात्री ना.का“त्रि ।
कात्रो ना.का“त्रो ।
कान खाने बि.कान् खाइनार् ।
कान ढाक्ने ना.कान्ढाकाइनार् ।
कानढुङ्ग्री ना.कोक्चा ।
कानेगुजी ना.कोप् ।
कान्छी औंला कान्छि अउ“लि ।
कान्छो बि.कान्छाइ ।
काब्रो ना.काब्रा ।
काभ्रे ना.गाना ।
काभ्रेमाछो ना.गोनामाछ ।
काभ्रो ना.काभ्रा ।
काम्नु अ.क्रि.कामइ ।
काम्ने बि.काम्नार् ।
कमाइ ना.कामाइ ।
कामिनु अ.क्रि.काम्मेइ ।
काली बि.काड्डि ।
काली बिराली ना.काड्डि बिलाउरि ।
कालो बि.काड्ड ।
कालोउखु ना.काड्डअ“खु ।
कालो अरिंगाल ना.काड्ड लोकोडे ।
कालो कुकुर ना.काड्ड कुकल् ।
कालो तोरी ना.काड्ड तोरि ।
कालो भटमास ना.काड्डि भट्मास् ।
कालोमास ना.खेत्मास् ।
कालोमोसो ना.काँको ।
कालो लहरा ना.काड्डि लहरा ।
कालो सर्प ना.काड्ड सापा ।
काहि“ली बि.कान्लिक् ।
काहि“लो बि.कान्ल्याइ ।
किच्नु स.क्रि.किचइ ।
किचिनु क.क्रि.÷अ.क्रि.किच्चेइ ।
किचाउनु प्रे.क्रि.किचाइ ।
किच्चिनु अ.क्रि.किच्चेइ ।
किच्च्याउनु पे्र.क्रि.किच्च्याइ ।
किट्नु स.क्रि.किटइ ।
किटाउनु प्रे.क्रि.किटाइ ।
किन्नु स.क्रि.किनइ ।
किन क्रि.बि.किनारइ ।
किनकिन अब्य.किनारइकिनारइ ।
किनाउनु प्र.क्रि.किनाइ ।
किन्ने बि.किन्नार् ।
किन्ने बेच्ने बि.किन्नार् बेच्ने ।
किरिया ना.किर्रे ।
किसिमको बि.किसिम्कर ।
कीरा ना.पिलुवा । किरि ।
कीरापरेको बि.पिलाइल ।
कीरो ना.चितो ।
किर्नो ना.किर्ना ।
कु“डिनु स.क्रि.कुँडिएइ ।
कु“डुलिनु अ.क्रि.कु“डुल्लेइ ।
कु“डुल्याउनु प्रे.क्रि.कुँडुल्याइ ।
कु“ड्नु स.क्रि.कु“डइ ।
कु“डयाउनु स.क्रि.कुँडयाइ ।
कु“द्नु स.क्रि.कु‘दइ ।
कु“दाउनु प्रे.क्रि.कुँदाइ ।
कुकुर ना.कुकल् ।
कुकुर डुलाइ ना.कुकल् डुलाइ ।
कुकुर दा“त ना.कुकल् दा“त ।
कुकुरझिंगो ना.कुकल्झिँगा ।
कुकुरडाइनो ना.कुमाल्नि ।
कुकुर तिहार ना.कुकल त्याहार् ।
कुकुर भुकाइ ना.कुकल्घुकाइ ।
कुखुरी ना.बुड्मार् ।
कुखुरो ना.खुक्रि ।
कुच्चिनु स.क्रि.कुच्चेइ ।
कुच्च्याउनु पे्र.क्रि.कुच्च्याइ ।
कुचुर्किनु अ.क्रि.कुचुर्केइ ।
कुजो बि.कुजा ।

Sunday, June 16, 2013

माझी भाषा जान्नको लागि नेपाली माझी शब्दहरु



अँगार ना.ऑघार् ।
अँगाल्नु स.क्रि.ऑगालइ । कोप्न्याइ ।
अँगालिनु क.क्रि.आँगाल्लेइ ।
अँगालो ना.ऑगालो ।
अँचेट्नु स.क्रि.अ‘चेटइ ।
अँचेटाउनु प्रे.क्रि.अ‘चेटाइ ।
अँचेटिनु क.क्रि.अ“चेट्टेइ ।
अँजुल्नु स.क्रि.अँजुलइ ।
अँजुली ना.कोप् ।
अँठयाउनु स.क्रि.अ‘ठयाइ ।
अँधेरो÷अ“ध्यारो ना.ऑधारि ।
अइँटनु स.क्रि.अइँटइ ।
अकमकाउनु अ. क्रि.अक्मकाइ ।
अकमकिनु अ.क्रि.अकमक्केइ ।
अकमक्याउनु प्रे.क्रि.अकमक्याइ ।
अकासिनु अ.क्रि.अकास्सेइ ।
अकास्याउनु प्रे.क्रि.अकास्याइ ।
अक्षता ना.अछेता ।
अक्षर ना.अछेर् ।
अखने ना.अखनि ।
अख्रनु अ.क्रि.अख्रइ ।
अख्राउनु प्रे.क्रि.अख्राइ ।
अख्रिनु अ.क्रि.अखे्रइ ।
अख्य्राउनु प्रे.क्रि.अख्य्राइ ।

Thursday, April 18, 2013

नब वर्ष २०७० सालको भित्तेपात्रो प्रकासन

माझी समुदायको पहिचान झल्कने नब वर्ष २०७० सालको भित्तेपात्रो माझी जागरण केन्द्र चिसापानी-९, गैखुरा, रामेछापले प्रकासन गरेको छ /

Friday, January 18, 2013

सस्कार, सस्कृति र पहिचानको रछ्या गरौ / कोशिपुजा भव्यताका साथ सफल पारौ //

नेपाल एक बिबिधता भयको देश हो / यहाँ विभिन्न जाति बसोबास गरेका छन् / नेपालको विभिन्न नदि किनारमा बसोबास गर्ने माझीको पनि आफ्नै पहिचान छ जुन अन्य जातिमा पाइदैन /  माझीहरुको महान चाड कोशी पुजा आगामी २०६९ फागुन १५ गते अर्थात्  तेस्रो मंगलबार देशभरिका माझीहरुले मनिञ्छ / हाम्रो महान चाड अर्थात् चिनारी कोशिपुजालाई राष्ट्रिय पर्ब को रुपमा मनैयोस भन्ने नेपाल सरकारसंग माग गर्दछौ / यसमा सम्बन्धित निकाय, संघ, सस्था ले ध्यान दिउन /  यसपाली को कोशिपुजा भब्य मनाउना हामी सबै लागौ र हाम्रो सस्कार, सस्कृति र पहिचानको रछ्या गरौ /


माझी जागरण केन्द्र
चिसापानी - ९, गैखुरा ,  रामेछाप