Monday, March 2, 2015

माझी समुदायको लदिपुजा, पहुँच र पहिचान ः माझी जागरण केन्द्र

आदिनकालदेखि खोला, नदी, कोशीको किनारामा बसोवास गर्ने माझी समुदायको महान पर्वको रुपमा मनाउँदै आएको लदिपुजा यस बर्ष पनि सदा झै भब्यताका साथ गाउँ, गाउँमा मनाईरहेका छन् । माझी समुदायको लदिपुजाको वेग्लै महत्व र सान्र्दभिकता रहेको पाइन्छ । नेपालको ६८ वटा जिल्लाका विभिन्न खोलानालाको किनारामा बसोवास गर्दै आएका माझी समुदाय आदिवासी जनजाति भित्रको अतिसिमान्तकृत समुहमा पर्ने जाति हो । यस जातिको आफ्नै भाषा, संस्कार, संस्कृति, धर्म र परम्पराहरुको साथमा बेग्लै पहिचान बोकेको छ । २०६८ सालको जनगणना अनुसार ८३७२७ मध्ये पुरुष ४०७२२ र महिला ४३००५ रहेका छन् । जसमा २४४२२ जनाले मातृभाषा बोल्दछन् ।
अहिले जताततै पहिचानको कुरा उठि रहेको बेला माझी समुदायको पहिचान संकटमा परेको छ ।  माझी जातिको भाषा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, भेषभुषा, पेशा लगायत सबै लोप हुने स्थितिमा छ । यसै सन्दर्भमा माझी समुदायको चिनारीको रुपमा रहेको तथा आदिनकालदेखि बर्षेनीे महान पर्वको रुपमा गर्दै आएका लदिपुजा समेत संकटमा परेको छ । माझी समुदायको पहुँच नभएर नै होला लगभग एक लाखको हाराहारीमा रहेका माझी समुदायको महान पर्व लदिपुजा समेत ओझेलमा परेको छ । माझी समुदायले तीन दिन मनाउने लदिपुजालाई सरकारले समेत वेवास्ता गरेको छ । अन्य आदिवासी जनजातिको चाडहरुमा सरकारले सार्वजनिक विदा दिने परम्परा गरेतापनि माझी समुदायको पर्व लदिपुजालाई अहिले सम्म पनि पालो पाएको छैन । सवै जातिको चाडलाई राष्ट्रिय चाडको रुपमा सरकारले हेरे पनि माझीको चाडको सुइको समेत पाउन सकेको छैन सरकारलाई ।
माझी समुदायले प्राय फागुनको तेश्रो मंगलबार शुरु गर्ने लदिपुजा यसपाली पनि तेश्रो मंगलबार अर्थात आज १९ गते माझी बस्तीहरुमा धुमधामले मनाउन शुरु भएको छ तरपनि न त कुनै संचार माध्यममा माझीको लदिपुजाले प्राथमिकता पायो न त  सरकारले नै हे¥यो । पहिचानको कुरा उठि रहँदा माझी समुदायको पहिचानको रुपमा रहेको लदिपुजा संकटमा परेको छ । स्थानीय माझीहरु भन्छ माझी जातिको चाड लदिपुजालाई विस्तार र प्रचार प्रसार गरे विदेशी पर्यटक समेत तान्न सक्ने बताउँछन् माझी जागरण केन्द्रका सचिव पूर्णबहादुर माझी । आज विशेष गरि, रामेछापको तामाकोशी, सुनकोशीको किनारामा आज भब्यताका साथ रमाईलो गरी मनाउँदै माझी समुदायले लदिपुजा । त्यस्तै गरी सिन्धुलीको मरिणखोला, झापाको माईखोला, सुनसरीको कोशी, काभ्रे, सिन्धुपाल्चोकको इन्द्रावतिका किनारहरुमा आज यो पर्वको उल्लेख्य देख्न सकिन्छ ।
आफ्नै छुट्टै विधि, विधान तहः गरिने यो लदिपुजालाई एकताको पुजाको रुपमा समेत लिने गरेको पाईन्छ । विशेष गरि यो पुजामा माझी जातिले मात्र मान्ने गरेता पनि यो बर्ष भने फरक तरिकाले मानेका छन् । जसमा माझी मात्र नभई त्यस समुदाय सँग बस्ने अन्य जातजातिले समेत यो पर्वलाई मान्न थालेको उदाहरण रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १६ गाईखुरामा पुरी, नेवार, लगायतले समेत पुजामा सहभागी भएका छन् । अहिलेका युवापुस्ता समेतले रुचि राखेको यस लदिपुजालाई सरकारले वेवास्ता गरेकोमा दुःखी भएको गुनासो पोख्छन माझी जागरण केन्द्रका अध्यक्ष कर्णबहादुर माझी । माझी भन्छन “माझी जाति चाँही यो देशको जनता नभएको जस्तो ब्यवहार देखायो यो सरकारले” । माझीका अनुसार माझी समुदायको सम्बन्धित निकायमा पहुँच नपुगेको र सरकारले माझी समुदायको कुरालाई वेवास्ता गरेको गुनासो गर्दै निर्वतमान प्रधानमन्त्री बाबुराम भट्टराई लगायत संस्कृति मन्त्रालय, गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको सम्झन्छन् । भन्छन् माझी समुदाय पनि यो देशको सच्चा, सोझो र इमान्दार जनता हुन् यीनको पहिचानको रक्षाका लागि सरकारले यथासक्य काम थालोस् । यही अवसरमा सम्पूर्णमा शान्ति, समृद्धि र सुशान्तिको साथै नयाँ संविधान सवैको अपनत्व महसुस हुने संविधान आओस् । सवै नेताहरुमा सद्बुद्धि पलाओस् भन्ने शुभकामना व्यक्त गरे ।